आजको तरकारी तथा फलफूलकाे मूल्य यस्तो छ

डिसी नेपाल
१० पुष २०७९ ११:०५
72
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ५३ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ३५ रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो।

यस्तै कन्य च्याउ प्रतिकेजी १३३ रुपैयाँ ३३ पैसा रहेको छ भने डल्ले च्याउ ३८३ रुपैयाँ ३३ पैसा रहेको छ। ब्रोकाउली ४५ रुपैयाँ, रातो बन्दा ७५ रुपैयाँ, तोरी साग ३७ रुपैयाँ ५० पैसा गान्टे मुला ६५ रुपैयाँ रहेको छ।

यस्तैगरी तामा ९५ रुपैयाँ प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११० प्याज सुकेको ४९ रुपैयाँ भिण्डी ९५,नेपाली सुकेको लसुन ११५ रुपैयाँ, हरियो धनिया ४५ रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.