आँधिखोला लघुवित्तको लाभांश घोषणा

डिसी नेपाल
११ पुष २०७९ १२:०२
56
Shares

काठमाडौँ। आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ। शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। यसका साथै बोनसमा लाग्ने कर तिर्न १.५८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

संस्थाले हाल कायम चुक्ता पूँजी ११ करोड ९० लाख रुपैयाँको ३० प्रतिशतले हुने आउने ३ करोड ५७ लाख रुपैयाँ बोनस सेयर र १.५८ प्रतिशतले हुन आउने १८ लाख ७८ हजार ९४७.३७ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.