प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन
काठमाडौँ। प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले लाभांश परिमार्जन गरेको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गर्दै १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
यसअघि कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि बीमा प्राधिकरण पठाएको थियो। बीमा प्राधिकरणले १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने सःसर्त स्वीकृति प्रदान गरेको छ।
लाभांश पारित गर्न कम्पनीले २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। यसका साथै लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस २२ गतेदेखि २९ पुसमा बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश र सभामा सहभागी हुन पाउने छन्।







डिसी नेपाल







Facebook Comment