कांग्रेस शून्यमा झरेको जस्तो अनुभूति भएको छ, गहिरो समीक्षा हुन्छ : महामन्त्री थापा

डिसी नेपाल
११ पुष २०७९ २२:३८
336
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको सत्ता राजनीतिमा आएको नाटकीय उलटफेरपछि लक्ष्यमा पुग्न लागेको कांग्रेस शून्यमा झरेको जस्तो अनुभूति भएको बताएका छन् ।

पोखरामा आज आयोजित साहित्य महोत्सवको ‘राजनीतिमा समाजको ऐना’ सत्रमा पत्रकार वसन्त बस्नेतसँगको संवादमा उनले पछिल्लो राजनीतिक प्रकरणबारे पार्टीभित्र गहिरो समीक्षा गरिने उल्लेख गरे।

अप्रत्याशित रुपमा कांग्रेस सत्ताबाहिर रहनुपर्ने गरी घटनाक्रम विकसित हुँदा पनि पार्टी नेतृत्वबाट आफूलाई कुनै जानकारी नदिइएको महामन्त्री थापाले गुनासो गरे ।

“हिजो बिहान ६ बजेदेखि पार्टी सभापतिको कतिबेला फोन आउँछ भनेर कुरेर बसेँ, पार्टीमा छलफल गरेर गठबन्धन बैठकमा निर्णय लिन्छु भन्ने सभापतिको कुरा पनि समाचार पढेर थाहा पाएँ”, उनले भने, “पार्टीभित्र त म पनि पर्छु, अनिवार्य पर्छु, तर मलाई बोलाइएन, अपमानित जस्तो हुनुप¥यो ।”

महामन्त्री थापाले जित/हारको चरण सकिएको भन्दै कांग्रेस फेरि उठ्ने धारणा राखे । “पार्टीलाई सुदृढ र सबल कसरी बनाउन सकिन्छ भन्नेमा हामी सोचिरहेका छौँ, चिन्तन गरिरहेका छौँ”, उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.