जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ?

डिसी नेपाल
१३ पुष २०७९ ६:२५

काठमाडौं। सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र ‘संसद्ीय दल नेता चयन र सरकारमा सहभागी हुने कि नहुने ?’’bout विवाद चर्किंदै गएको छ । चर्किंदो विवादसँगै दल नेता चयनका लागि आज निर्वाचन हुँदै छ भने ‘सरकारमा सहभागी हुने’’bout समेत कार्यकारिणी समिति बैठक बस्दै छ ।

जसपाबाहेक संसद््मा प्रतिनिधित्व गर्ने सबै दलले दल नेता सर्वसम्मत चयन गरिसकेका छन् । सर्वसम्मत नभएपछि नेपाली कांग्रेसले निर्वाचनबाटै दल नेता चयन गरिसकेको छ । तर, जसपाले अझै चयन गर्न सकेको छैन ।

दलका नेताका लागि जसपा संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यद्वय रामसहाय यादव र राजकिशोर यादव प्रतिस्पर्धामा छन् । निर्वाचन समितिले दल नेता चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सो कार्यतालिकाअनुसार आज बुधबार उम्मेदवारी दर्तादेखि मतदानसम्म कार्यक्रम छन् । जसपा सांसद प्रदीप यादव ‘दल नेता चयन सर्वसम्मत गर्ने प्रयास जारी रहेको’ बताउँदै ‘यदि त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानबाटै चयन हुने’ सुनाउँछन् ।

प्रतिनिधिसभा सदस्यमा सप्तरी २ बाट पार्टी अध्यक्ष उपेन्द्र यादव जनमत पार्टी अध्यक्ष डा. सिके राउतसँग पराजित भएका छन् । यादव पराजित भएपछि दलको नेता आफ्ना ‘एस म्यान र यादव समुदायबाटै’ बनाउन खोज्नुले सर्वसम्मत हुन नसकेको जसपाका एक नेताले बताए । उपेन्द्रले दल नेताका लागि रामसहाय यादवलाई अघि सारेका छन् । रामसहाय बारा २ बाट निर्वाचित सांसद हुन् ।

‘उपेन्द्रजी निर्वाचनमा पराजित भएपछि उनले आफ्ना एस म्यान र यादव समुदायकै नेतालाई दलको नेता बनाउन खोज्नुले सर्वसम्मत प्रयास असफल भएको छ,’ ती नेताले भने, ‘उनको यही शैली र व्यवहारले पार्टीले नराम्रो पराजय भोग्नुपरेको अवस्था छ । उनको यस्तो गतिविधिले पार्टी कमजोर बनाउने काम भइरहेको छ । यो कुरा कार्यकारिणी समिति बैठकमा समेत जोडतोडले उठनेवाला छ ।’

जसपा संघीय परिषद् अध्यक्ष राई सुनसरी १ बाट प्र्र्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पार्टीका वरिष्ठ नेता हुन् । सो हिसाबले पनि राई नै सर्वसम्मत दल नेता हुनुपर्ने भए पनि उपेन्द्रले आफ्ना विश्वास पात्र रामसहायलाई अगाडि बढाएका छन् । रामसहाय तत्कालीन फोरम नेपालका संस्थापक नेताका साथै संघीय समाजवादी फोरम महासचिव एवं उपेन्द्रका विश्वासपात्र हुन् ।

रामसहायलाई नै सर्वसम्मत दल नेता चयन गरेर अशोक राईलाई सरकारमा सहभागिता गराउन खोजिए पनि सहमति जुटन नसकेको ती नेताले बताए । राई यस प्रस्तावमा असहमत भएपछि बरु निर्वाचनबाटै ‘दल नेता चयन गरौं’ भन्ने प्रस्ताव उपेन्द्रले गरेका हुन् । जसपा शीर्षनेताबीच दल नेता सर्वसम्मत चयन गर्न प्रयास असफल भएपछि निर्वाचनसम्म पुगेको हो ।

दल नेता सर्वसम्मत हुन नसकेपछि सिराहा २ बाट निर्वाचित सांसद राजकिशोर यादवले समेत दाबी पेस गरेका छन् । जसपा विभाजनका बेला राजपाबाट एकीकरणमा आएका यादव विभाजनका समय जसपामै रहेका थिए ।

‘मधेस केन्द्रित दल भएको र यस दलको उदय मधेस आन्दोलनबाटै भएकाले मधेसकै नेतालाई दलको नेता बनाउँदा राम्रो हुने भएकाले पार्टीभित्र समेत यो कुरा उठेको छ,’ स्रोतले भन्यो, ‘यो पार्टीको जग नै मधेस भएकाले अरू क्षेत्रबाट बनाउँदा प्रश्न उठने भएकाले समेत सर्वसम्मत हुन नसकेको हो,’ जसपामा १२ सांंंसद रहेका छन् ।

यस्तो छ, निर्वाचन कार्यतालिका

जसपाभित्र दल नेता सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रमअनुसार बुधबार निर्वाचनबाटै दल नेता चयन गरिनेछ । उम्मेदवारी दलसम्म भने सर्वसम्मत प्रयास जारी नै राख्ने तर त्यसो हुन नसकेको अवस्थामा मतदानबाटै दल नेता चयन गरिने जसपाले जनाएको छ ।

जसपा निर्वाचन समितिले आज बुधबार बिहान ११ देखि १२ बजेसम्म दल नेताका लागि उम्मेदवार मननोयन पत्र दर्ता गर्ने समय तोकेको छ ।

त्यस्तै, १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १ः३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबी विरोधका लागि समय निर्धारण गरिएको छ ।

दिउँसो २ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा २ः३० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ ।

त्यस्तै, ३ः३० बजेसम्म मतदान जारी रहने र त्यसपछि लगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दल निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले ‘सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने’ समेत चर्को विवाद भएको छ ।

उपेन्द्र निर्वाचनमा पराजित भएपछि ‘सकभर पार्टी सरकारमा नजाओस्’ भन्ने पक्षमा छन् । तर, संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई सांसद निर्वाचित भएपछि सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् ।

सरकारमा सहभागी हुनुअघि उपेन्द्रले उपराष्ट्रपति, उसभामुख र मधेस प्रदेस मुख्यमन्त्रीसहित संघीय सरकारमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन् । सात दलको गठबन्धन सरकार भएले भनेजस्तै नहुने भए पनि उनले आफ्नो दाबी जोडदार रूपमा उठाएका छन् । आफ्नो माग पूरा नभए ‘बाहिरबाटै सरकारलाई समर्थन मात्रै गर्ने’ रणनीति उनको छ ।

नेता राई सरकारमा सहभागी भएर जनताका माग तथा आवश्यकता सम्बोधन गर्ने पक्षमा उभिँदै सरकारमा सहभगिता हुनुपर्ने अडानमा छन् । ‘सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने’bout विवाद चर्किएपछि जसपाले १८ र १९ पुसमा राजनीतिक समिति बैठक बोलाएको छ ।

सोही बैठकले ‘सरकारमा सहभागी हुने र नहुने ?’ भन्ने निर्णय गर्नेछ । त्यसअघि दल नेतासमेत चयन भइसक्नेछ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *