राष्ट्रपतिद्धारा दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त

डिसी नेपाल
१३ पुष २०७९ १६:१८
184
Shares

काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा। दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् ।

सरकारको सिफारिसमा उनले बुधबार पोखरेललाई  महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.