कांग्रेसले अन्तर्घात गर्नेको उजुरी पठाउने मिति थप्यो, गठबन्धनमा अन्तर्घात गर्नेलाई छुट

डिसी नेपाल
१३ पुष २०७९ १६:५९
248
Shares

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसबमोजिम सो अवधि थप गरिएको पार्टी कार्यालयले आज जनाएको छ ।

निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन कांग्रेसले पत्राचार गरेको छ ।  तर, गठबन्धनका उम्मेदवारलाई अन्र्तघात गरी असहयोग  गर्नेलाई कारबाही गर्ने बारेमा केही खुलाएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.