रवि लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने
काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथिका ती कसुर संशोधन गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आभाष रेग्मी र युवराज सफलले रिट दायर गरेकोमा आइतबारबाट सुनुवाई सुरु भएको हो। न्यायाधीशहरु शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ जारी रहेकोमा आज हेर्दाहेर्दैमा राखिएको छ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो।
महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment