कांग्रेस गण्डकी प्रदेश दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

डिसी नेपाल
१३ पुष २०७९ १७:५२

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा पाण्डेले अर्का प्रतिस्पर्धी भोजराज अर्याललाई पराजित गरेका हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले १८ र अर्यालले ८ मत पाए । पाण्डे संस्थापन पक्षका नेता हुन् भने अर्याल संस्थापनइतर समूहका हुन् ।कांग्रेस गण्डकी प्रदेशमा २७ सांसद छन् ।

गत मंसिरमा भएको चुनावमा पाण्डे गोरखा २(ख) बाट निर्वाचित भएका थिए। अर्याल स्याङ्जा क्षेत्र नम्बर १(क) बाट निर्वाचित भएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *