यी चार प्रदेशमा एमाले नेतृत्वको सरकार बन्दै, दुईवटा माओवादीलाई

डिसी नेपाल
१४ पुष २०७९ ८:२१
352
Shares

काठमाडौं। सत्ता गठबन्धनबीच पद बाँडफाँटमा छलफल सुरु भएको छ।

बुधबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेर करिव दुई घण्टा छलफल गरेका थिए।

उक्त छलफलमा एमालेले चार वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने, माओवादीले दुई वटा र एउटा प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने मोटामोटी सहमति भएको हो।

उक्त सहमति अनुसार प्रदेश एक, गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशका एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। यसैगरी लुम्बिनी र बाग्मती प्रदेशमा माओवादी नेतृत्वमा र मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने मोटामोटी सहमति भएको छ।

सुदूर पश्चिम प्रदेशमा भने नागरिक उन्मुक्ति पार्टी निर्णायक भएका कारण यसको सहयोग बिना सरकार गठन हुने अवस्था छैन। त्यसका लागि उसले जेलमा रहेका नेता रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने शर्त अगाडि सारेको छ। उसको माग एमाले र माओवादी सकारात्मक रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.