सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

डिसी नेपाल
१४ पुष २०७९ ९:५७
284
Shares

काठमाडौं। मन्त्रालय बाँडफाँट र अन्य पदमा सहमति खोज्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताको सहभागिता रहेको छ।

बैठकमा मन्त्रिपरिषदलाई पूर्णता लिने, मन्त्रालय बाँडफाँटलगायतका विषयमा छलफल भइरहेको छ। बैठकमा प्रदेश सरकार गठनका विषयमा पनि छलफल हुनेछ। बुधबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच खुमलटारमा झण्डै दुई घण्टा छलफल भएको थियो।

उक्त भेटमा पनि मन्त्रालय बाँडफाँट र प्रदेश सरकार गठनलागयतका विषयमा छलफल भएको थियो। एमाले र माओवादीबीच कुन प्रदेशका कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा सहमति भइनसके पनि एमालेले चार, माओवादीले दुई र जसपा–जनमतले एक प्रदेशमा सरकारको नेतृत्व गर्ने मोटामोटी सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.