प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं। मन्त्रिपरिषद विस्तार, सरकारको न्युनोतम साझा कार्यक्रमलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद विस्तार, सरकारको न्युनोतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए।
बिहीबार बालुवाटारमा भएको सत्ता साझेदार दलको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो। प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रिपरिषद विस्तारलगायतका विषय प्याकेजमै टुंग्याउने गरी छलफल भइरहेको छ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन्। त्यसअघि नै सबै पद प्याकेजमा टुंग्याउने गरी दाहाल र ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ।







डिसी नेपाल








Facebook Comment