बैंकिङ्ग करियर छोडेकी रविनाले सार्वजनिक गरिन् प्रेमीको तस्बिर
काठमाडौँ। बैंकिङ्ग करियर छोडेकी रविना देशराज श्रेष्ठले आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन्। एक साता अघि मात्र मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पद छोडेकी रविनाले इन्टाग्राममार्फत आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन्।
आफ्नो प्रेमीको तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘साथीहरू ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन। मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु।’
‘यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ’, उनले भनेकी छिन्। रविनाले भनेकी छन्, ‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ।’
‘उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ’, रविनाले भनेकी छिन्, ‘म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु…।’
रविनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको ईन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर आइ लभ यु पनि भनेकी छिन्। आफ्ना प्रेमीलाई चिनाउन पाउन खुसी लागेको पनि उनले बताइन्।
रविनाले सबैले आफूलाई शुभकामना दिनुहुनेछ भन्ने आशा रहेको पनि बताएकी छिन्। उनका दुई छोरा आयुशमान र असिरमान नेपाली सिनेमा क्षेत्रमा करिअर बनाउँदैछन्।







डिसी नेपाल







Facebook Comment