माओवादी बागमती संसदीय दलको नेतामा जमरकट्टेल

डिसी नेपाल
१६ पुष २०७९ १९:४८
28
Shares

मकवानपुर । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो । शुक्रबार सहमति नभएपछि संसदीय दलको आज बसेको बैठकले जमरकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो ।

संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.