ओटीटीमा भविष्य खोज्दै यी अभिनेता

डिसी नेपाल
१७ पुष २०७९ १०:१६
224
Shares

मुम्बई। सन् २०२२ मा एकपछि अर्को गर्दै ठूला बजेटका फिल्म फ्लप भए । जसकारण बलिउडका कलाकार ओटीटीतिर नजर बढाइरहेका छन्। कुनै समय पर्दामा आफ्नो नामलाई हिट बनाएका कलाकार अहिले धमाधम ओटीटीमा आफ्ना फिल्म रिलिज गरिरहेका छन्। सन् २०२३ मा कैयौं कलाकार थिएटरमा नभई ओटीटीमा भविष्य खोज्न देखिँदैछन्।

बरुण धवन
सन् २०२२ अघि फिल्म थिएटरमा रिलिज भएपछि मात्र टेलिभिजन तथा ओटीटीमा रिलिज हुन्थे । तर समयको परिवर्तनसँगै चलन पनि उल्टो चल्न थाल्यो । यहीकारण बलिउडमा बद्लिएको ट्रेन्डलाई पछ्याउँदै अभिनेता वरुण धवन पनि सन् २०२३ मा ओटीटी डेब्यू गर्दैछन् । सन् २०२३ मा वरुण अमेजन प्राइम भिडियोको ‘सिटाडेल इण्डिया’ मा देखिँदैछन् ।

आदित्य रोय कपूर
बलिउड बक्सअफिसमा कैयौं फ्लप फिल्म दिएपछि अब आदित्यले ओटीटीतिर नजर बढाएका छन् । उनी डिज्नी प्लस हटस्टारको वेब सिरिज ‘द नाइट मेनेजर’मार्फत ओटीटी डेब्यू गर्दैछन् ।

सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्राको पछिल्लो फिल्म ‘थ्यांक गड’ बक्सअफिसमा पूर्ण असफल साबित भएको थियो । यो फिल्मपछि सिद्धार्थ ओटीटीमा ‘इन्डियन पुलिस फोर्स’मार्फत दर्शकमाझ आउँदैछन् ।

शाहिद कपुर
अभिनेता शाहिद कपूर फिल्म ‘जर्सी’पछि सन् २०२३ मा ओटीटी वेब सिरिज ‘फर्जी’मा देखिँदैछन् । उनले बलिउड बक्सअफिसको अवस्थालाई मध्यनजर गर्दै ओटीटीको बाटो अपाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.