विवाहपछि फ्लप कटरिना !

डिसी नेपाल
१८ पुष २०७९ १४:४४
644
Shares

मुम्बई। अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेको एक वर्ष भइसकेको छ। तर, अहिले पनि उनीहरु हनिमुन पिरियडबाट बाहिर निस्कन सकेका छैनन्।

कटरिनाले गत वर्ष एकमात्र फिल्म ‘फोनभूत’ दर्शकलाई दिइन्। तर यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो। अब यो फिल्म ओटीटीमा रिलिज हुँदैछ। यस्तो अवस्थामा कटरीना बक्सअफिसमा असफल भएपछि अब ओटीटीको सहारामा करियरलाई अगाडि बढाउन चाहन्छिन् भन्नमा गलत हुँदैन।

कटरिनाको ‘फोनभूत’ गत नोभेम्बरमा रिलिज भएको थियो। फिल्मले दर्शकलाई हलमा खासै तान्न सकेन। अब यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ। अमेजनले सामाजिक सञ्जालमार्फत फिल्म जनवरी २ मा प्रसारणमा आउने जानकारी दिइसकेको छ।

गुरमित सिंहको निर्देशन रहेको फिल्ममा कटरीनासँगै इशान खट्टर र सिद्धान्त चतुर्वेदीको अभिनय थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.