अभिनेत्री तारा र प्रेमी आदरको ब्रेकअप

डिसी नेपाल
१९ पुष २०७९ १२:५१
288
Shares

मुम्बई। बलिउड अभिनेता तारा सुतारिया र उनका प्रेमी आदर जेनको ब्रेकअप भएको छ। तारा र आदरले आफ्नो सम्बन्धका बारेमा कहिल्यै मुख खोलेनन्, तर पनि दुवैजना कयौं कार्यक्रममा सँगै देखिन्थे।

सामाजिक सञ्जालमा पनि एकअर्काको तस्बिर आइरहँदा अहिले भने दुवै अलग्गिएको खबर सार्वजनिक भएको छ। समाचारअनुसार दुवैले आपसी सहमतिमा अलग हुने निर्णय लिएका हुन्।

ब्रेकअपपछि एक मिल्ने साथीका रुपमा भने सम्बन्ध कायमै राखेका छन्। यसपटक कपूर परिवारले आयोजना गरेको क्रिसमस पार्टीमा तारा नदेखिएपछि आदरसँगको सम्बन्धका बारेमा अड्कलबाजी गरिएको थियो। किनकि यसअघिका हरेक कपूर परिवारका कार्यक्रममा उनको उपस्थिति अनिवार्य झैं हुन्थ्यो।

रणवीर कपुरको कजिन आदरको तारासँग पहिलो भेट सन् २०१८ मा दिवाली पार्टीमा भएको थियो। यो भेटपछि उनीहरुको सम्बन्ध प्रगाढ हुँदै गयो। प्रायः सामाजिक सञ्जालमा उनीहरू सँगैको तस्बिर शेयर गरिरहन्थे। तर, अब भने उनीहरुको सम्बन्धमा ब्रेक लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.