फिल्मका लागि बलिउड कलाकारको महंगो मेकअप

डिसी नेपाल
२० पुष २०७९ ११:०३
1.6k
Shares

मुम्बई। फिल्ममा चरित्रअनुसार कलाकारको मेकअप गरिन्छ। अभिनयको दुनियाँमा मेकअपको भूमिका महत्वपूर्ण हुन्छ। मेकअपकै कारण कलाकारले आफूलाई चरित्रमा ढाल्छन्।

त्यहीकारण स्क्रिप्टअनुसार नै कहिलेकाँही कलाकारलाई महंगो मेकअप गर्नुपर्ने हुन्छ। यहाँ बलिउडका केही फिल्मका कुरा गरिएका छन्, जुन फिल्मका कलाकारको मेकअप गर्न नै लाखौं देखि करोडौं रुपैंयाँ खर्च गरिएको थियो।

कपूर एन्ड सन्स

यो फिल्ममा अभिनेता ऋषि कपूरले ९० वर्षको बुजुर्ग व्यक्तिको भूमिका निभाएका थिए । उनको यो लुक्स बनाउनका लागि झन्डै डेढ करोड खर्च गरिएको थियो ।

रोबोट २.०
रजनीकान्त र अक्षय कुमार स्टारर यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भयो । यो फिल्ममा अक्षय निकै फरक लुक्समा देखिएको थिए । उनको यो लुक्स बनाउनका लागि करोडौ खर्च गरिएको थियो ।

बेल बाटम
फिल्ममा अभिनेत्री लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको लुक्स यति सानदार थियो कि उनी लारा नै हुन् भन्ने भेउ कमैले पाए । उनको यो मेकअपका लागि निर्माताले लाखौं रुपैंयाँ खर्च गरेका थिए ।

राब्ता
अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘राब्ता’मा अभिनेता राजकुमार रावको लुक्सले जोकोही चकित भएका थिए । राजकुमारलाई यो फिल्ममा कसैले चिन्न सकेनन् । यो लुक्स बनाउनका लागि निर्माताले झण्डै करोडको हाराहारीमा खर्च गरेका थिए ।

गुलाबो सिताबो
सन् २०२० मा रिलिज आयुष्मान खुराना र अमिताभ बच्चनको यो फिल्ममा अमिताभको लुक्स देखेर जोकोही चकित परेका थिए । अमिताभको लुक्स बनाउनका लागि निर्माताले पानी सरह पैसा खर्च गरेका थिए ।

पा
सन् २००९ मा रिलिज यो फिल्ममा अमिताभ बच्चनले एक बच्चाको भूमिका निर्वाह गरेका थिए । जो व्यक्ति समयअघि नै बुढो देखिन्छ । फिल्ममा अमिताभको लुक्सको निकै सराहना गरिएको थियो । उनको लुक्समा पनि लाखौं खर्च भएको थियो ।

आई
चियान विक्रमको यो फिल्मले दर्शकलाई हैरान बनाएको थियो । फिल्ममा विक्रमको एक जबरदस्त लुक्स थियो । उनको यो लुक्स बनाउनकै लागि लाखौं खर्च गरिएको थियो ।

चाची ४२०
अभिनेता कमल हासनले यो फिल्ममा एक अधबैसे महिलाको भूमिका निर्वाह गरेका थिए । फिल्ममा उनको लुक्स तयार पार्नका लागि लाखौं रुपैंयाँ खर्च गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.