चर्चित गीत ‘फुलै फुल दिन्छौ कि’ फिमेल भर्सनमा

डिसी नेपाल
२१ पुष २०७९ १८:५९
252
Shares

काठमाडौं । रिलिज अगावै टिकटकमा चर्चित गीत ‘फुलैफुल दिन्छौ कि’ को फिमेल भर्सनको भिडियो रिलिज भएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले संगीत भरेका हुन् । बिकास प्रसाईको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय रहेको छ ।

राग स्टुडियोमा तयार पारिएको गीतमा सुशिला पाठक प्रोडक्सन हेड, जितु तामाङको कलर, अजित आले र सञ्जय ढुंगाना एसोसियट निर्देशक, जितु तामाङको छायांकन, सगुन तामाङको आर्ट रहेको भिडियोलाई निर्देशक प्रसाईले सम्पादन गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.