टिमुर खानुहोस्, यस्ता छन् फाइदाहरु

डिसी नेपाल
२२ पुष २०७९ १२:०२
628
Shares

काठमाडौं । टिमुर खानु भएको छ ? जाडो मौसममा टिमुर खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्दछ । टिमुरले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ। विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ ।

जंगली जुका फाल्न, पेटको बिकार फाल्न, जैबिक बिषादि बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ। यसको फल, रुखको बोक्रा, फूललगाय सवै भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।आयुर्वेदिक प्रणाली अनुसार टिमुर वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ।

टिमुरलाई दानाकै रुपमा होस् वा धुलो वनाएर प्रयोग गरिन्छ । यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ । त्यसैले नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ । टिमुरको धुलो अचार, चटनी, तरकारीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ ।

टिमुर खानुका यस्ता छन् फाइदाहरू:

– आयुर्वेदिकका अनुसार दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, ज्वरो, हैजा आदी समस्यालाई निको पार्ने काम गर्छ ।

– टिमुरले न्यून रक्तचाप भएका व्यक्तिलाई पनि फाइदा पुर्याउने गर्छ ।

– हात खुट्टा मर्किएमा टाउको दुखेमा टिमुरको तेलले मसाज गर्दा आराम मिल्छ।

– टिमुरमा फस्फोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

–टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ ।

– टिमुरले यसले भोक जगाउने काम गर्छ ।

– पेट दुखेमा पेटमा ग्यास भरिएमा पनि टिमुरको प्रयोग गर्दा राम्रो हुन्छ ।

– टिमुरले रुघाखोकी ठिक गर्छ ।

– टिमुरले टाउको दुखेको र पिनास पनि निको पार्छ ।

– टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ ।

–टिमुर आँखा कम देख्नहरुका लागि अचुक औषधी हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.