पहेँलो दाँत मोती जस्तै चम्किनेछ, आजै यी उपाय अपनाउँनुहोस्

डिसी नेपाल
२४ पुष २०७९ ९:४१
680
Shares

काठमाडौं । सेतो दाँतले अनुहारको सौन्दर्य बढाउँछ । यदि तपाईको दाँत पहेलो छ भने कहिलेकाहीँ तपाई मुस्कुराउन पनि हिचकिचाउनुहुन्छ । तपाई हरेक दिन ब्रस गर्नुहुन्छ तर पनि दाँत पहेँलो नै रहन्छ भने चिन्ता लिनु पर्दैन । केही घरेलु उपायहरू छन् जसको प्रयोग गरेर तपाईंले आफ्नो पहेँलो दाँतलाई सेतो बनाउन सक्नुहुन्छ। यी घरेलु उपायहरु निकै सहज छन् । यसको मद्दतले जो कोहीले पनि आफ्नो पहेँलो दाँत सफा गर्न सक्छन्। पहेँलो दाँत सेतो बनाउने उपाय जान्नु भन्दा पनि पहिला पहेँलो दात के कारणले हुन्छ यो थाहा पाउनुहोस् ।

दाँत पहेंलो हुनुको कारण:

पहेँलो दाँत हुनुको धेरै कारण हुन सक्छन् । धुम्रपान, सही खाना नखानु, मुखको सरसफाइ नमान्नु र आनुवंशिक समस्या यसबाट हुन सक्छ। यदि यी कारणले तपाईको दाँत पहेलो हुन्छ भने यी घरेलु उपाय अपनाएर दाँतलाई सेतो मोती जस्तै चम्किलो बनाउन सक्नुहुन्छ ।

पहेंलो दाँत कसरी सफा गर्ने?:

नीमको डाठ – नीमका डाठले पहेँलो दाँत सफा गर्न सक्नुहुन्छ। नीमका डाठ दाँतका लागि धेरै नै फाइदाजनक हुन्छ । केही दिन लगातार नीमको दाँत प्रयोग गर्नुभयो भने छिट्टै फरक देख्नुहुनेछ। दाँत पहेँलो हुने, कमजोरी हुने, मुखको दुर्गन्ध आउने, दाँत सड्ने जस्ता समस्या नीमको हाँगाले ब्रस गर्दा यी समस्याबाट छुट्कारा पाइन्छ । नीमको डाठमा एक प्रकारको जीवाणुरोधी रस पाइन्छ, जसले मुखको अल्सरलाई पनि निको पार्छ।

केराको बोक्रा– केराको बोक्राले पनि पहेँलो दाँत सफा गर्न मद्दत गर्छ। तपाईले धेरै गर्नु पर्दैन, केराको बोक्राको भित्री भागलाई दाँतमा रगड्नुहोस्। यस पछि तपाईले मनतातो पानीले कुल्ला गर्नुहोस्। यसो गर्नाले दाँतको पहेलोपन हट्छ ।

स्ट्रबेरी – पहेँलो दाँत सफा गर्न पनि स्ट्रबेरी प्रभावकारी हुन्छ। स्ट्रबेरीलाई पहेँलो दाँतमा रगड्दा दाँतको पहेँलोपन हराएर जान्छ । दाँत सफा हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.