यी संकेतहरूले देखाउँछन् कि तपाईको मिर्गौला ‘स्वस्थ’ छैन, बेवास्ता नगर्नुहोस्
काठमाडौँ। मृगौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मृगौलाले रगत सफा गर्नुका साथै शरीरबाट फोहोर पदार्थ निकाल्ने काम पनि गर्छ।
तर जब तपाईको मृगौलाले राम्रोसँग काम गर्दैन, तब शरीरमा धेरै प्रकारका लक्षण देखा पर्न थाल्छन्। यस्तो अवस्थामा आज हामी तपाईलाई केहि यस्ता लक्षण र संकेतहरु बारे बताउन गइरहेका छौं, जसबाट तपाईको मिर्गौला स्वस्थ नभएको सजिलै थाहा पाउनुहुनेछ। आउनुहोस् यी लक्षणहरू बारे जानौं
धेरै थकान महसुस हुनु- यदि तपाई सानो सानो काम गर्दा पनि थकित महसुस गर्नुहुन्छ र तपाई कुनै कुरामा ध्यान दिन सक्नुहुन्न भने यो अशुभ संकेत हो। हाम्रो मृगौलाले राम्रोसँग काम गर्न नसकेपछि रगतमा विषाक्त पदार्थ र फोहोर जम्मा हुन थाल्छ। जसका कारण मानिसहरु थकित र कमजोर महसुस गर्छन्।
छाला सुख्खा हुनु – स्वास्थ्य विशेषज्ञहरुका अनुसार मृगौलाले धेरै महत्वपूर्ण काम गर्छ। यसले हाम्रो शरीरबाट अपशिष्ट पदार्थ र अतिरिक्त तरल पदार्थ हटाउन काम गर्छ। यसबाहेक, मृगौलाले रातो रक्त कोशिकाहरू निर्माण गर्न, हड्डीहरूलाई बलियो राख्न र रगतमा पोषक तत्वहरूको मात्रा कायम राख्न मद्दत गर्दछ। छाला सुख्खा हुनु र चिलाउनु मिर्गौला फेल भएको संकेत हुनसक्छ।
पिसाबमा रगत देखिनु – स्वस्थ मृगौलाले सामान्यतया शरीरमा रक्त कोशिकाहरूलाई जोगाउन मद्दत गर्छ र रगतबाट फोहोर उत्पादनहरूलाई पिसाब बनाउन फिल्टर गर्दछ। तर मृगौलाका फिल्टरहरू बिग्रिएपछि यी रक्त कोशिकाहरू पिसाबमा चुहिन थाल्छन्।
पिसाबमा फिज बन्नु- सामान्यतया पिसाब धेरै भएको बेलामा थोरै फिज बन्छ, जुन केहि सेकेन्डमा आफैँ गायब हुन्छ। यदि पिसाबमा धेरै फिज बन्छ भने यो पिसाबमा उच्च प्रोटीन भएको संकेत गर्छ।
मांसपेशी दुख्ने – सोडियम, क्याल्सियम, पोटासियम वा अन्य इलेक्ट्रोलाइट्सको स्तरमा असन्तुलनले तपाईंको मांसपेशी र स्नायुको काममा बाधा पुर्याउन सक्छ, जसले मांसपेशी दुख्ने र मृगौला रोगबाट पीडित हुने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्।
घुँडा र खुट्टा सुनिनु – जब मृगौलाले शरीरबाट सोडियमलाई राम्ररी निकाल्न सक्दैन, तब तपाईंको शरीरमा थप तरल पदार्थ जम्मा हुन्छ। यसका कारण हात, खुट्टा, धुडा वा अनुहार सुनिन थाल्छ। तपाईंले विशेष गरी आफ्नो खुट्टा सुन्निएको देख्न सक्नुहुन्छ।







डिसी नेपाल








Facebook Comment