गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी

डिसी नेपाल
२६ पुष २०७९ ६:५९
44
Shares

पोखरा। नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सीटको कांग्रेस प्रतिपक्षमा पुग्यो।

यसअघि एकीकृत समाजवादी छिरेको दावी गरेका दीपक मनाङेले पनि सरकारलाई समर्थन गरेपछि सत्ताको पक्षमा ३३ सीट पुगेको छ। सुरुमा कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो। तर राजनीतिक समीकरण फेरिएपछि पहिलो पार्टी कांग्रेस एकाएक सत्ता विमुख भयो।

मंसिर ४ को निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएर चुनाव लडेको माओवादीले कांग्रेसको साथ छोडेर एमालेसँग मिलेपछि केन्द्र सहित सातै प्रदेशमा कांग्रेस सत्ताबाट बाहिरिएको हो।

योसँगै गण्डकीमा डेढ वर्षअघि माओवादीकै कारण सत्ताच्युत भएको एमाले अहिले माओवादीकै साथले सत्तामा पुगेको छ। एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् भने सोमबार नै थप ३ मन्त्रीको सपथ भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.