महुली लघुवित्तले गर्यो २५ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
२६ पुष २०७९ ११:५२
68
Shares

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार दिउँसो २:३० बजे बसेको सञ्चालक समितिको १३३औँ बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

संस्थाले चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको २० प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ३३ हजार  ८८८ रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने  १ करोड ४१ लाख ८ हजार ४७२ रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.