मिथिलाञ्चलमा होली सुरु (तस्बिरहरू)
जनकपुर। १५ दिने मिथिला माध्यमिकी परिक्रमाको सातौं दिन आज महोत्तरीको कञ्चनवनमा परिक्रमा यात्रुहरूले स्थानीयवासी तथा साधुसन्तहरूसँग होली खेलेका छन्।
रामायणकालमा राम सीताले विवाहपश्चात विभिन्न स्थानमा घुम्न निस्किएको बेला, कञ्चनवनमा होली खेलेका थिए।
सोही स्मरणमा प्रत्येक वर्ष आजको दिन कञ्चनवनमा होली खेल्ने चलन रहेको छ। मिथिलाञ्चल क्षेत्रमा आजबाटै होली सुरु हुने मान्यता रहेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment