महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिँदै

डिसी नेपाल
२६ पुष २०७९ १३:०६
80
Shares

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।मंगलबार (आज) बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्षको ४७.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्न २.५० प्रतिशत नगद लाभांश दिने भएको छ।

संस्थाले चुक्ता पूँजी १४ करोड ७५ लाख रुपैयाँको ४७.५० प्रतिशतले हुन आउने ७ करोड ६२ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर र कर तिर्न २.५० प्रतिशतले हुन आउने ३६ लाख ८७ हजार ५ सय रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।

प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि आफ्नो सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.