पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिकमा पुर्‍याउनेछु : प्रधानमन्त्री

डिसी नेपाल
२६ पुष २०७९ १३:३७
76
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पुर्‍याउने बताएका छन्।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ। वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा गरिने बताए। मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए। जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.