सुपर हेवा पावरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट
काठमाडौँ। सुपर हेवा पावर कम्पनीले ११ लाख ५४ हजार ३६० कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले आईपीओ जारी गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावरका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन्।
सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment