इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने

डिसी नेपाल
२७ पुष २०७९ १५:१२
332
Shares

काठमाडौँ । ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन्। इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो।

बुधबार बत्तिस पुतली स्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो। उप्रेतीलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले ताज लगाईदिएकी थिइन्।

द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, लोकेश नेपालमा फाउन्डर गौतम धिमाल, मिडिया पर्सन कुबेर गिरी, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो।

गत वर्ष ‘मिस इको इन्टरनेशनल’ शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। प्रतियोगीतामा टप २० मा पुग्न सफल उनी अहिले अमेरिकाको ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गदैछिन्।

आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगीतामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ। प्रतियोगिताका लागि उप्रेती नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन्। उप्रेतीलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ।

उप्रेतीले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन्। उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गरिन्।

ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन्। मिडियाको सिइयोमा प्रविन लाकौल रहेका छन्। मिस इको इन्टरनेशनलमा २०१५ देखि नेपालले प्रतिनिधित्व गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.