एनएमबी लघुवित्तले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
२८ पुष २०७९ ११:१९
100
Shares

काठमाडौँ। एनएमबी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत  पनि दिने भएको छ।

संस्थाले चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२  रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँ २० पैसाबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार  ९ सय ९ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश दिने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गर्ने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.