मतदाताको माझमा एमाले महासचिव पोखरेल
देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाता भेटघाटमा व्यस्त भएका छन्।
मत माग्न जाँदा सङ्घ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको उनको भनाइ छ।
मतदाता भेटघाटका लागि घोराही–६ लालीगुरास टोलका स्थानीयले उनीलाई सडक र सिँचाइको योजनाको काम थालनी भएकोमा धन्यवाद दिँदै बाँकी सडक ग्राभेल र कल्र्भट निर्माण गर्न माग गरेका छन्।
एमाले वडा कमिटी अध्यक्ष मोहन खड्काले एमालेको नेतृत्वमा वडामा गत वर्ष रु २० करोड बढीका योजना पार्न सफल भएको भन्दै यो वर्ष रु १७ करोड बढीको योजना सङ्घ, प्रदेश र स्थानीय सरकारबाट पारेको दाबी गरे। मतदाता भेटघाटका लागि वडा नम्बर ४ र ७ मा पुगेको एमाले प्रचार टोलीसँग स्थानीयले चुनावका बेला गरिने वाचामा भन्दा यसअघि दलहरूले गरेको विकासका काम हेरेर मत दिने बताएका छन्।
हिजोका दिनमा सर्रादेखि वर्षातमा हातमा चप्पल र काँधमा साइकिल बोकेर हिँड्नुपर्यो घोराही–७ का क्रिमलाल चौधरीले भने। एमाले नेतृत्वको सरकारले बजेट हालेपछि अहिले सडक कालोपत्रे भएको छ। पुरानाले केही गरेनन् भन्ने भ्रम चिर्न सिङ्गो गाउँ नै लागि परेको उनको भनाइ छ।
महासचिव पोखरेलले टोलटोल बस्तीबस्ती, विभिन्न जातीय समुदाय, धार्मिक संस्था, किशानका घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment