स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश दिँदै

डिसी नेपाल
२८ पुष २०७९ १२:५२
48
Shares

काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २२ प्रतिशतले हुने रकम ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै, उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५७ प्रतिशतले हुने रकम ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश पनि दिने निर्णय गरेको छ। प्रस्ताव गरीएको उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.