सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

डिसी नेपाल
२९ पुष २०७९ १२:११
260
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार नाै सय रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन तोलाको एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको एक लाख तीन हजार चार सय रुपैयाँ निर्धारण भएको छ। तेजावी सुनको मूल्य हिजाे तोलाको एक लाख दुई हजार नाै सय रुपैयाँ निर्धारण भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.