नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन

डिसी नेपाल
२९ पुष २०७९ १७:२०
132
Shares

काठमाडौं । क बर्गको बैंक नबिल बैंकको साधारण सभा बैठकवाट ३० प्रतिशत लाभांश पारित भएको छ।  शुक्रबार बसेको बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको थियो।

यसैगरी, साधरण सभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक समितिमा निर्वाचितसमेत गरेको छ।

नबिल बैंक आ.व. २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.