यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१ माघ २०७९ ८:५२
440
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८३ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४३ पैसा तोकिएको छ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ ८५ पैसा र विक्री दर १४१ रुपैयाँ ५० पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ६१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ०३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७६ पैसा, सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र विक्री दर ९८ रुपैयाँ २२ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ११ पैसा र विक्रीमा १० रुपैयाँ १५ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.