बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

डिसी नेपाल
३ माघ २०७९ १६:३५
44
Shares

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन्। जम्मकट्टेललाई १०५ सांसदले विश्वासको मत दिएका हुन् ।

११० सदस्यीय प्रदेशसभामा प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको हो । जम्मकट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उनलाई विश्वासको मत दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.