मोडर्न मास्टर्समा एसएस राजामौली
मुम्बई। अप्लोज इन्टरटेनमेन्ट र फिल्म क्याम्पियनले एक विशिष्ट डकु–सिरिज मोडर्न मास्टर्सको घोषणा गरेको छ। यो सिरिज भारतीय सिनेमाको पथ प्रदर्शक मास्टर्सको जीवनमा आधारित हुनेछ। यसमा उनीहरूको तरिका, प्रेरणा र रचनात्मक यात्राको खोजी गरिनेछ।
सिरिजको सुरुवात भारतीय फिल्मका उत्कृष्ट निर्माता तथा निर्देशक एसएस राजामौलीबाट हुनेछ। जो होस्ट अनुपमा चोपडाका साथ कुराकानी गर्नेछन्।
राजामौलीको फिल्मीयात्रा आफैंमा विशेष छ। टेलिभिजनबाट शुभारम्भ भएको उनको करियर एपिक ‘बाहुबली’ फ्रेञ्चाइजी र ‘आरआरआर’का साथ ग्लोबल सफलता देखिसकेको छ। यो सिरिजले स्पेसल सेटदेखि लिएर अफिस, घर र यो यात्राको दौरान उनको गतिशील र विविध महिमालाई क्याप्चर गर्नेछ।
यो सिरिजमा उद्योगका केही ठूला नामको पनि अन्तर्वार्ता छ, जसले राजामौलीको सफलतामा योगदान दिएका थिए। जसमा अभिनेता र निर्मातासम्म छन्। रिलिजका लागि तयार सिरिज चार महिनामा हैदराबाद, टोकियो, लसएञ्जल्सजस्ता स्थानमा छायांकन गरिएको थियो।







डिसी नेपाल







Facebook Comment