प्रधानमन्त्री प्रचण्डसँग युएई र कतारका राजदूतको छुट्टाछुट्टै भेटवार्ता

डिसी नेपाल
६ माघ २०७९ २१:०६
64
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहाल र युएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूतबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

युएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.