रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई

डिसी नेपाल
१४ माघ २०७९ ०:०३
660
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याालले पाएका छन् ।

शुक्रबार बेलुका केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आपतकालीन केन्द्रीय समितिको बैठकले उनलाई कार्यवाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी दिएको प्रवक्ता मुकुद ढकालले जानकारी दिए ।

सभापति रवि लामिछाने पदमुक्त भएपछि  आकस्मीक  रूपमा बसेको केन्द्रीय समितिको बैठकले अर्याललाई अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी दिइएको हाे ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले पार्टीका सभापति  लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उपप्रधान तथा गृह मन्त्री र सभापतिबाट पदमुक्त भएका छन् ।

कार्यवाहक सभापति र दल नेता चयन भएका अर्याल सरकारकाे श्रम, रोजगार तथासामाजिक सुरक्षामन्त्री हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.