कांग्रेस उपसभापति खड्काले गरे राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जवालमार्फत सरकारसँग निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।
उपसभापति खड्काले ट्वीट गर्दै लेखेका छन्, ‘दायाँवायाँ नसोची, नहेरी १ निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यसतर्फ बेलैमा ध्यान जाओस् ।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment