शान्ति सम्झौताका कारण अहिलेको राजनीतिक प्रणाली सम्भव भएको होः प्रधानमन्त्री

डिसी नेपाल
१६ माघ २०७९ १९:१२
64
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकालमा सुशासन, बिकास र समृद्धिका केहि रेकर्डहरु बनाउने बताउका छन्।

राष्ट्रिय शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजमति यज्ञडोल सामुदायिक वन पर्या–पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनतालाई परिवर्तनको आभाष गराउनका लागि आफ्नो अहिलेको कार्यकालमा सुशासन, बिकास र समृद्धिका केहि रेकर्डहरु बनाउनुपर्ने बताएका हुन्।

आफ्नो जिवनको उत्तरार्धमा सम्पूर्ण रुपमा सुशासन र बिकासका निम्ती काम गर्ने प्रण गरेको उनले बताए। प्रचण्डले विस्तृत शान्ति सम्झौताका कारण अहिले नेपालको राजनीतिक प्रणाली अघि बढ्न सम्भव भएको बताए।

उनले मुलुकमा शान्ति र राजनीतिक प्रणालीलाई मध्यनजर गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गरेको र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दृढ इच्छाशक्तिका कारण सम्भव भएको पनि बताए।

उनले पहिलो पटक प्रधानमन्त्री बन्दा बिभिन्न कारणले मुलुकको परिवर्तनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न नसकेको भन्दै अब बाँकी कामलाई अहिलेको कार्यकालमा पुरा गर्ने धारणा राखे।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय शहीद तथा शान्ति पार्कमा रहेको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेखीकरणको शुभारम्भ र राष्ट्रिय शहीद स्मारकको उद्घाटन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.