पठानका कारण सर्‍याे शहजादा

डिसी नेपाल
१७ माघ २०७९ १३:२०
220
Shares

मुम्बई। बलिउड अभिनेता कार्तिक आर्यन नयाँ फिल्म ‘शहजादा’को प्रमोसनमा व्यस्त छन्। उनी अभिनेत्री कृति सेननका साथ फिल्म प्रमोसनमा व्यस्त भएका हुन्। आगामी फेब्रुअरी १० मा रिलिजको तयारीमा रहेको ‘शहजादा’ अब फेब्रुअरी १७ मा रिलिज हुने भएको छ ।

थिएटरमा अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को कमाई जबरदस्त भइहँदा यो अवस्थामा हल पाउने सम्भावना कम भएपछि निर्माण पक्षले ‘शहजादा’लाई एक हप्तापछि सारेको हो।

व्यापार विश्लेषक तरुण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा कार्तिक र कृतिको फिल्म ‘शहजादा’को रिलिज मिति सरेको उल्लेख गरेका छन्। ‘शहजादा १० फेब्रुअरीमा नभई १७ फेब्रुअरीमा रिलिज हुँदैछ। फिल्मको रिलिज मितिलाई एक हप्ता पछाडि सार्नुमा शाहरुखको फिल्म ‘पठान’लाई प्रमुख कारण मानिएको छ’, उनले ट्वीट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.