सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ।







डिसी नेपाल







Facebook Comment