४.५७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ४७ करोडमाथिको कारोबार

डिसी नेपाल
२३ माघ २०७९ १५:२५
40
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७६ अङ्कले बढेर ४०२.०१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज ६ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा युनिभर्सल पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा आदर्श लघुवित्त र महुली लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, लक्ष्मी बैंक ऋणपत्र र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.