निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन मन्त्री खानको आग्रह

डिसी नेपाल
२३ माघ २०७९ २२:२७
12
Shares

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले नयाँ योजना थालनीभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको टोलीले आज मन्त्रालयमा गरेको भेटमा उनले निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसकेको भन्दै त्यस्ता आयोजनालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

“निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन हुँदैन”, उनले भने । मन्त्री खानले निर्माण कार्यलाई सहज बनाउन कानूनी प्रक्रिया सहज बनाउने तयारीमा सरकार जुटेको बताए ।

महासङ्घका अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम २० प्रतिशत मोबिलाइजेसन पेश्की व्यवसायीले पाउनुपर्ने बताए ।

उनले ऐनमा व्यवस्था भएको रकम नपाउँदा व्यवसायीहरूले ठूलो आर्थिक मार खेप्नुपरेको मन्त्रीसमक्ष बताएका थिए । भेटमा अध्यक्ष सिंहसहित वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा, महासचिव रोशन दाहाललगायत कार्यसमितिको सदस्यको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.