बेस्ट फाइनान्सको १ फागुनदेखि ६ लाख १५ हजार कित्ता बढी सेयर लिलामीमा आउँदै
काठमाडौँ। बेस्ट फाइनान्स कम्पनीको ६ लाख १५ हजार १०४.४७ कित्ता सेयर फागुन १ गतेदेखि लिलामीमा आउने भएको छ। कम्पनीले लिलामीमा ल्याउन लागेकोमा संस्थापक समूहको ५ लाख ५६ हजार ६७४.५७ कित्ता र सर्वसाधारण समूहको ५८ हजार ४२९.९० कित्ता सेयर रहेको छ।
लगानीकर्ताले संस्थापक समूहको सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ। लिलामी भर्ने अन्तिम म्याद फागुन १५ गतेसम्म तोकिएको छ।
इच्छुक लगानीकर्ता बेस्ट फाइनान्सको काठमाडौँ कमलादीस्थित केन्द्रीय कार्यालय, शाखाहरु बुटवलको मिलन चोक र अमरपथ, नेपालगन्ज, घोराही, इटहरी, नारायणगढ, वीरगन्ज र पोखरा तथा प्रभु बैंकका शाखाहरु सुर्खेत र धनगढीमा बोलपत्र पेस गर्न सकिनेछ।







डिसी नेपाल







Facebook Comment