मिलन नेवार र बिदनको ‘आँखा झिमिझिमी’मा कमल र बिनाको रोमान्स
काठमाडौँ। गायिका मिलन नेवार र गायक बिदन कालिकोटेको स्वर रहेको आँखा झिमिझिमी बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा मोडलद्वय कमल सिंह र बिना राउतको अभिनय देख्न सकिन्छ।
प्रेममा परेको एक रोमान्टिक जोडीको रमाइलो प्रेम कहानीलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन्।
गायक कालिकोटेका धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जे सुकै भनेपनि , झरी जाने फूललाई बजारमा आइसकेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment