नेप्सेलाई सिभिल बैंकको पत्राचारः सेयर कारोबार १४ फागुनदेखि रोक्न माग

डिसी नेपाल
४ फागुन २०७९ १४:२३
168
Shares

काठमाडौं। सिभिल बैंकले सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ। बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर काराेबार राेक्न नेप्सेलाई पत्राचार गरेकाे हाे।

एकीकृत कारोबारपछि लक्षित गरिएको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतीकिकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन सिभिलले नेप्सेलाई आग्रह गरेको हो।

यता, फागुन १२ गतेदेखि हिमालयनले सिभिल बैंकलाई प्राप्त गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुँदै छ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट गत माघ १७ गते, धितोपत्र बोर्डबाट माघ २३ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट फागुन २ गते अन्तिम स्वीकृति पाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.