पशुपन्छी क्षेत्रको निर्यातमा उछाल : ७ महिनामै १५ अर्ब नाघ्यो
काठमाडौं। नेपालबाट पशुपन्छी क्षेत्रका उत्पादनहरूको निर्यातमा उल्लेख्य सुधार देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८२-८३ को माघ मसान्तसम्ममा यस क्षेत्रको कुल निर्यात १५ अर्ब रुपैयाँ नाघेको छ।
विभागको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी ऊनको गलैँचा (कार्पेट) निर्यात भएको छ, जसको कुल मूल्य ६.४ अर्ब रुपैयाँ रहेको छ। यस्तै अन्य प्रमुख निर्यातित वस्तुहरूमा ऊन रहेको छ। यस अवधिमा ३.४ अर्ब रुपैयाँको ऊन निर्यात भएको छ।
उपलब्ध तथ्यांक अनुसार दाना पदार्थको निर्यात २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी छुर्पीको निर्यात २ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली दुग्धजन्य परिकारको माग बढ्दो रहेको संकेत गर्दछ।
छालाको निर्यात २५ करोड रुपैयाँ बराबर भएको छ भने अन्य दुग्ध उत्पादनहरूको निर्यात ६ करोड ४० लाख रुपैयाँ पुगेको छ। यो तथ्यांकले कृषि तथा पशुपालनमा आधारित वस्तुहरूले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान पुर्याइरहेको देखाउँछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment