एनसेलद्वारा आइफोन १८ का खरिदकर्तालाई विशेष बन्डल अफर सार्वजनिक
काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले एप्पलका नयाँ स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।
नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा एनसेलले असोज १५ गते (अक्टोबर १) यो अफर ल्याएको हो।
यस योजनाअन्तर्गत आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने एनसेलका विद्यमान तथा नयाँ ग्राहकहरूले आकर्षक सञ्चार र मनोरञ्जन सुविधा प्राप्त गर्नेछन्। नयाँ मोडल खरिदकर्ताले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएसका साथै प्रिमियम कन्टेन्ट हेर्न सकिने ओटीटी प्लेटफर्म ‘लायन्सगेट’ को निःशुल्क सब्सक्रिप्सन पाउनेछन्।
बन्डल अफरअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने सुरुका २०० जना ग्राहकले यी सम्पूर्ण सुविधाहरू तीन महिनासम्म बिनाकुनै अतिरिक्त शुल्क निःशुल्क उपभोग गर्न पाउनेछन्। त्यसैगरी, आइफोन डुओ खरिद गर्ने पहिलो १०० जना ग्राहकलाई भने यही सुविधा ६ महिनासम्म निःशुल्क उपलब्ध गराइने एनसेलले जनाएको छ।
अफरबारे बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा नयाँ आइफोन खरिदकर्तालाई यो अफर उपलब्ध गराउन पाउँदा उत्साहित भएको बताए।
“व्यावहारिक मूल्य र डिजिटल जीवनशैलीलाई बल दिने एनसेलको प्रतिबद्धताअनुरूप यो योजनाले देशैभर रहेका हाम्रा प्रयोगकर्तालाई जहाँसुकै भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउनेछ,” दत्ताले भने, “प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी दैनिक सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौँ।”
No ads found for this position



डिसी नेपाल
Facebook Comment